Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गायक रवी ओडले प्रहरी कार्यालय आफैँ उपस्थित भएर गरे आत्मसमर्पण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३० गते


काठमाडौं, वैशाख ३०– वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि प्रहरीको नियन्त्रणमा छन् । इलाका प्रहरी कार्यालय झलारीमा बिहीबार आफैँ उपस्थित भएर उनले आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले उनीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

नेपाल आइडल सिजन-२ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २ गते उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । तर देश बाहिर रहेका कारण उनी पक्राउ परेका थिएनन् ।


प्रतिकृया दिनुहोस्