
दाङ, वैशाख २९- दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ ।
घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । हत्या गरिएका ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेका छन् ।
बञ्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको र हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुई जना महिला कोठा भाडा बस्दै आएका थिए । घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको बताइएको छ ।
सुनारको पहिलोको घर सुर्खेत र बुढाको पहिलेको घर रूकुम रहेको खुलेको छ ।
गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन् ।
उनी पेसाले अटो चालक हुन् ।


















