Hamro Sanchar

लामिछानेमाथि प्रशस्तै प्रमाण भएकोले कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छैन- गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २८ गते


Advertisement

काठमाडौं, वैशाख २८- नेपाली कांग्रेसले आफूहरूले उठाएको मुद्दालाई हल्का नठान्न सरकारलाई चेतावनी दिएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको प्रशस्तै प्रमाण रहेकोले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेका छन् ।

उनले भने, ‘सदनमा प्रश्नहरूको घाटी निमोठ्ने प्रयास हुँदै छ । गृहमन्त्री केही समय अगाडि सदनको बाहिर उभिएर चार वर्ष बन्द भए पनि हुन्छ । बन्द भए होस् मजाले चलाउने हो भन्नुभएको थियो । भर्खर भर्खर आउनुभएको हो सबै कुरा थाहा नहुन पनि सक्छ । तर प्रधानमन्त्रीले त सदन कसरी चल्छ चलाउनुपर्छ भन्ने थाहा छँदै छ । तर, हिसाबकिताब बिग्रिने डर त सबैलाई हुने नै भयो । त्यसैले आज सदनमा जुन दृश्य बन्दै छ । त्यसको कारक हामी होइन । जे गर्ने सोच राखिएको त्यसको मूल्य ठूला चुकाउनुपर्नेछ । यसलाई हल्का नठानियोस्, कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छ ।


प्रतिकृया दिनुहोस्