Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरामा आज सार्वजनिक विदा, गणेश भैरव जात्रा धुमधामका साथ मनाइदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २८ गते


काठमाडौँ, बैशाख २८- आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । कागेश्वरी मनोहरा नगरपालिकामा बैशाख कृष्ण चतुर्दशीको दिनदेखि बैशाख शुक्ल तृतीयाको दिनसम्म श्री गणेश, श्री भैरव, श्री भीमसेन, श्री चम्पक विनायक जात्रा मनाउने गरिन्छ ।

नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म विभिन्न समुदायमा बसोबास गर्ने साथै विशेषगरी नेवारी समुदायका स्थानीय बासिन्दाहरुले भव्यताका साथ मनाउने गर्दछन् ।

यस जात्रालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । पहिले आ-आफ्नो ठाउँबाट आफ्नै तरिकाले मनाउदै आइरहेको जात्रालाई गत बर्षदेखि नगरपालिकाले बिशेष प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको छ । नगरपालिकाले जात्राको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ । नगरपालिका कार्यालयसहित, वडा कार्यालयहरु, नगर अस्पताल, स्वास्थ्य संस्था, नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

जात्रालाई भव्य रुपमा सम्पन्न गर्न ५ वटै वडाको प्रतिनिधित्व हुने गरि १५ जनाको गणेश भैरव जात्रा ब्यबस्थापन मूल आयोजक समिति बनाइएको छ । जसको संयोजकमा रामेश्वर श्रेष्ठ रहेका छन् ।

संयोजक श्रेष्ठकाअनुसार बैशाख कृष्ण चतुर्दशीको दिनदेखि बैशाख शुक्ल तृतीयाको दिनसम्म मनाइने जात्रा २७ गते बिहान ४ बजे रथारोहण र त्यसपछि आलापोट, भाद्र्बास परिक्रमा गर्दै त्यसपछि दिनभरी रथ जात्रा हुन्छ । गणेश र भैरव गरेर जम्मा १८ स्थानमा रथ बिसाउने कार्यक्रम हुनेछ । बेलुका आलापोटको कृष्णचौरमा गणेश, भैरव र भीमसेनको रथसहित भब्य जात्रा हुन्छ । बेलुका ८ देखि ९ बजेसम्म रथ बिसाइन्छ । र २८ गते दिनभरी गणेश, भैरव र भीमसेनको रथ बिसाउने कार्य हुन्छ । त्यो भनेको गुफा राख्ने कार्य जस्तै हो । उक्त दिन भब्य बाजागाजासहित सिन्दुर जात्रासहित बत्ति लिन जाने चलन छ । गणेश र भीमसेनबाट भैरवको मन्दिरमा र भैरवकोबाट गणेश र भीमसेनको रथमा बत्ति दिन आउने चलन छ ।

यो जात्रा भद्रबास, आलापोट, डाँछी, नयाँ गाउँ, थली, ब्रमखेललगायतका स्थानमा भब्य रुपमा मनाइन्छ ।

यो पनि- कागेश्वरी मनोहरा नगरपालिकाले भोलि दियो सार्वजनिक बिदा


प्रतिकृया दिनुहोस्