Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाले भोलि दियो सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २७ गते


Advertisement

काठमाडौं, बैशाख २७- कागेश्वरी मनोहरा नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै प्रत्येक बर्ष बैशाख शुक्ल तृतीयाको दिन पर्ने श्री गणेश, श्री भैरव, श्री भीमसेन, श्री चम्पक विनायक जात्राको अवसरमा भोलि नगरपालिका भरि सार्वजनिक बिदा दिएको हो ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रकाअनुसार  बुधबारको बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जात्राको अवसरमा नगरपालिका कार्यालयसहित, वडा कार्यालयहरु, नगर अस्पताल, स्वास्थ्य संस्था, नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

साथै उक्त जात्रामा सहभागी भै भब्य रुपमा सफल पार्न सहयोग गर्न नगरबासीहरुमा नगरपालिकाले अनुरोध गरेको छ ।

अक्षय तृतीयाका दिन नगरपालिका अन्तर्गत उक्त जात्रा वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म विभिन्न समुदायमा बसोबास गर्ने साथै विशेषगरी नेवारी समुदायका स्थानीय बासिन्दाहरुले भव्यताका साथ मनाउने गर्दछन् ।


प्रतिकृया दिनुहोस्