Hamro Sanchar

बझाङ १ मा कांग्रेसको अग्रता, एमालेका उम्मेद्वार भण्डारी पछ्याउदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १७ गते


Advertisement

काठमाडौं, बैशाख १७- उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर १ मा भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार कांग्रेसका अभिषेक कुमार सिंहले ८ हजार चार सय ८ मत ल्याउँदा उनलाई पच्छ्याइरहेको नेकपा एमालेका उम्मेद्वार दमन बहादुर भण्डारीले ८ हजार एक सय ६५ मत ल्याएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढा तीन हजार एक सय १३ मतसहित तेस्रो स्थानमा छन् । एकिकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार दुई सय ६६ मत प्राप्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्