Hamro Sanchar

चीनले नेपालीसँग भिसा शुल्क नलिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

चीन, वैशाख १६- चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार आउँदो मे १ देखि भिसा शुल्क नलाग्ने जानकारी दिएका हुन् ।

उनले नेपाल र चीनबीचको मित्रता, दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्न यो निर्णय गरिएको बताए । भिसा शुल्क नलागे पनि सेवा शुल्क र एक्सप्रेस शुल्क भने लाग्ने दूतावासले जनाएको छ ।


प्रतिकृया दिनुहोस्