Skip

Hamro Sanchar

खरबारीमा लगाएको आगोमा परेर एकजनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


धनगढी, वैशाख १६- डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ ।

नवदुर्गा गाउँपालिका-३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए ।


प्रतिकृया दिनुहोस्