
काठमाडौं, बैशाख ३- रामेछापको मन्थली नजिकै भटौलीमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ०१-००६-३८३९ नम्बरको टिपर मन्थलीको पिपलबोट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गोकुलगंगा गाउँपालिका–३ दिगीका नरबहादुर बस्नेतका छोरा २१ वर्षीय दिपेन्द्र बस्नेत रहेका छन् । उनि टिपर चालक हुन् ।
यस्तै दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामाका २१ वर्षीय मनोज फुँयाल घाईते गम्भीर भएका छन् । घाईते भएका फुँयालको मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।













