Hamro Sanchar

कागेश्वरी मनोहरामा चैत मसान्तसम्म १९ करोड ६४ लाख बढी राजस्व संकलन, कुन वडाबाट कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २ गते


Advertisement

काठमाडौं, बैशाख २- कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ६४ लाख पाँच हजार चार सय छैहत्तर रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आ.व.को साउन १ गतेदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।

नगरपालिकाका अनुसार १ नं. वडाबाट ५३ लाख ७ हजार ४ सय ८७ रुपैयाँ, २ नं. वडाबाट २४ लाख ३३ हजार ३ सय १६ रुपैयाँ, ३ नं. वडाबाट २६ लाख ९२ हजार ८ सय एक रुपैयाँ, वडा नंं ४ बाट ६१ लाख ४६ हजार ८ सय ३६ रुपैयाँ, वडा नंं ५ बाट १ करोड ३३ लाख २० हजार ८ सय २ रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, वडा नं. ६ बाट १ करोड ७६ लाख ८५ हजार ६ सय ३१ रुपैयाँ, वडा नं. ७ बाट २ करोड २१ लाख ३१ हजार ४ सय १६ रुपैयाँ, ८ वडाबाट १ करोड ४८ लाख ३० हजार ४ सय ६२ रुपैयाँ र वडा नंं ९ बाट ३ करोड ११ लाख ६८ हजार १ सय २ रुपैयाँ राजस्व संकलन गरेको छ । भने नगरपालिका कार्यालयबाट ८ करोड ८८ लाख ८ हजार ६ सय १९ रुपैयाँ संकलन गरेको छ ।

जसअनुसार नगरपालिकाले चालु आर्थिक बर्षको ९ महिनामा १९ करोड ६४ लाख पाँच हजार ४ सय छैहत्तर रुपैयाँ राजस्व संकलन भएको हो ।

नगरपालिकाले चालु आर्थिक बर्षमा आन्तरिक राजस्व ८६ करोड १२ लाख ९४ हजार ५ सय ३१ रुपियाँ प्रक्षेपण छ ।

त्यसैले आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को करमा विभिन्न छुट सहुलियतसहित कर संकलन गरिरहेको छ । नगरले करदाताहरुबाट असूल हुन बाँकी रहेको आर्थिक बर्ष ०८०/८१ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट दिएको छ ।

यस्तै यस अभियानभर घर धनीले बुझाउने बार्षिक बहाल कर, ब्यबसाय कर र सम्पत्ति करमा १० प्रतिशत छुट र आर्थिक बर्ष ०७९/८० सम्मको घर बहाल कर, सम्पत्ति कर र ब्यबसाय कर रकम यस आथिक बर्षभित्र दाखिला गरेमा सम्पूर्ण जरीवाना मिनाहा गरिने बताइएको छ । यस्तै मालपोत, ब्यबसाय तथा अन्य सबै बक्यौता रकमको कर कायम गर्दा चालु बर्ष कायम भएको दरमा जरिवाना लगाइने छैन ।

चालु आर्थिक बर्षको बैशाख महिनामा संकलित वडा स्तरिय राजस्व

चालु आर्थिक बर्षको साउन १ गतेदेखि चैत मसान्तसम्म संकलित वडा स्तरिय राजस्व


प्रतिकृया दिनुहोस्