Skip

Hamro Sanchar

समाजसेवी उप्रेतीको सहयोगमा दोलखाको शैलुङमा सिसिटिभी जडान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २५ गते


काठमाडौं, चैत २५- समाजसेवी शोभित उप्रेतीकाे सहयोगमा दोलखाको शैलुङ गाउँपालिकामा सिसिटिभी जडान गरिएको छ । उप्रेतीकाे सहयोगमा एस एस फाउन्डेसनले शैलुङको बाघखाेरमा सिसिटिभी जडान गरिएको हो ।

शैलुङ गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएका उप्रेतीले स्थानीय जनताको शान्ति सुरक्षा र जिउधनकाे सुरक्षाको निम्ति सिसिटिभी जडान गरिएको जानकारी दिए ।

सिसिटिभी उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रिमालबाबू श्रेष्ठ, डाक्टर बिष्णु उप्रेती, बजार व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठ, फाउन्डेसन दोलखाका अध्यक्ष नवराज खड्का, एस एस फाउन्डेसनका सदस्य कुमार कार्की, शैलुङ वडा नम्बर ८ का पुर्ब वडा अध्यक्ष रामेश्वर उप्रेती लगायतको उपस्थिति थियो ।

शैलुङको वडा नम्बर ८ स्थित भैंसे बजारमा स्थानीय प्रशासनले सिसिटिभी जडान गरेको छ भने उप्रेतीले यसअघि नै आफ्नो घर वरपर सिसिटिभी जडान गरिएको बताए ।

सिसिटिभी जडानले शैलुङ लगायतका आसपासका क्षेत्रहरूमा बढेकाे अपराध न्युनिकरण हुने स्थानीय प्रशासनले विश्वास गरेको छ ।


प्रतिकृया दिनुहोस्