Skip

Hamro Sanchar

पोखरामा अनौठो बस दुर्घटना, २ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १७ गते


काठमाडौं, चैत १७- पोखरामा अनौठो तरिकाले बस दुर्घटना भएको छ । उक्त दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ ।

दुर्घटनाग्रस्त बस बीच सडकमा ठिंग उभिएको छ ।

बसको अघिल्लो भाग भुइँमा र पछाडिको भाग आकाशतिर फर्किएर बस टक्कले अडिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सूर्यबहादुर रानाका अनुसार उक्त दुर्घटना पोखरा महानगरपालिका-२७ आरूपाटामा भएको हो । ब्रेक फेल भएर दुर्घटना भएको बुझिएको छ ।

दुर्घटनाबाट गाडीका चालक पोखरा महानगरपालिका-२७ का टिकाराम विक र सहचालक पोखरा महानगरपालिका- १४ चाउथेका शालिकराम सुवेदी घाइते भएका छन् ।

उनीहरूको उपचार भइरहेको डिएसपी रानाले जानकारी दिए ।

उनका अनुसार अहिले पनि बस बीच सडकमै ठींग उभिएको छ ।

बीच सडकमा बस उभिँदा अन्य सवारी साधन चल्न सकेका छैनन् ।


प्रतिकृया दिनुहोस्