Hamro Sanchar

ज्वाला- कविता

बद्री चुडाल प्रकाशित : २०८० चैत्र, १ गते


Advertisement

सहिदसँग आफ्नै रगत पोखु पोखु लाग्छ !
किन किन छेउकै साथी ठोकु ठोकु लाग्छ !!

सपनालाइ सम्पत्तिमा रुपान्तरण गरेपछि !
बिद्रोहको मशाल फेरि बोकु बोकु लाग्छ !!

सहिद पुत्र बिरक्तिदै बिदेशतिर गाको छ रे !
लालयोद्धा अचेलभरी सुनतस्करी भाको छ रे !!

दिशाबिहिन भाको देख्दा मनमा घृणा जाग्छ !
किन किन छेउकै साथी ठोकु ठोकु लाग्छ !!
सहिदसँग आफ्नै रगत पोखु पोखु लाग्छ !!!

मालिक अभर परेपछि चिरबिर गर्छन् दासहरु !
किन बहस गर्न सक्थे जिउदै मर्या लासहरु !!

घाइते योद्धा देख्यो कि त परपर भाग्छ !
किन किन छेउकै साथी ठोकु ठोकु लाग्छ !!
सहिदसँग आफ्नै रगत पोखु पोखु लाग्छ !!!

बर्ग प्रेम भुल्दै भुल्दै गाउदेखी शहर आए !
बन्दुक बोक्ने हातले सुनचाँदीका बाला पाए !!

कुकर्मका फाइल अनेक षडयन्त्रले ढाक्छ !
किन किन छेउकै साथी ठोकु ठोकु लाग्छ !!
सहिदसँग आफ्नै रगत पोखु पोखु लाग्छ !!!


प्रतिकृया दिनुहोस्