Hamro Sanchar

“दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता २०८०” को उपाधि कोशी प्रदेशलाई

सुदिप बर्देवा प्रकाशित : २०८० फागुन, १९ गते


Advertisement

काठमाडौं, फागुन १९- “दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता २०८०” को उपाधि कोशी प्रदेशले जितेको छ ।

नेपाल डोरी तान संघको आयोजना र कोशी प्रदेश समितिको सह- आयोजनामा संचालन भएको “दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगिता २०८०” को उपाधी कोशी प्रदेशले जितेको हो ।

कोशी प्रदेशको राजधानी विराटनगरमा दुई दिन संचालन भएको “दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता २०८०” को उपाधिको लागि कोशी प्रदेशले विभागीय टोली एपीएफसंग प्रतिस्पर्धा गरेको थियो ।

शनिबार दिउसो महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा संचालन भएको फाईनल खेलमा विभागीय टोली एपीएफलाई पछि पार्दै आयोजक कोशी प्रदेशको टिमले उपाधि हत्याउन सफल भएको हो ।

फाईनल खालमा कोशी प्रदेशले प्रतिस्पर्धी टीम एपीएफलाई  दुई वटै सेटमा हराएको थियो ।  उपाधि हासिल गर्न कोशी प्रदेशले पहिले खेलमा बाउन्न सेकेन्डमा डोरीलाई आफ्नो पक्षमा तान्न सफल भएको थियो भने दोश्रो खेलमा एक मिनेट सात सेकेन्डमा डोरीलाई आफ्नो पक्षमा टन्न सफल भएको थियो ।

उपाधि विजेता कोशी प्रदेशले रु १  लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने विभागीय टोली एपीएफ उप-विजेता बन्दै रु ५० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

शुक्रबारबाट सुरु भएको दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगितामा ५ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाएका थिए । आयोजक कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रतियोगितामा सामेल भएका थिए भने नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

यो खेलमा एक टिममा ८ जना खेलाडी र बैकल्पिक खेलाडी, कोच र मेनेजर १–१ जना हुनुपर्ने व्यवस्था छ । खेल्ने ८ खेलाडीको सामूहिक तौल ६ सय किलो ग्राम हुन्छ ।

नेपालको पुरानो खेल भएपनि साथी समयदेखि ओझेलमा परेको खेललाई प्रवर्धन र विकास गर्नु यस प्रतियोगिताको मूल उद्देश्य रहेको थियो ।

प्रतियोगिताबाट खेलप्रति लगाव भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराई मनोबल बढाउने र यसको वृत्तिविकास गर्ने  लक्ष्य राखिएको थियो । प्रतियोगिताको विजेताले १ लाख र उपविजेतालाई ५० सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

“दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता २०८०” को औपचारिक समापन कार्यक्रम मार्फत नेपाल डोरी तान संघका केन्द्रीय महासचिव विमल पौडेल र विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले सयुक्त रुपमा विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कारको चेक, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे ।


प्रतिकृया दिनुहोस्