Hamro Sanchar

डोरी तान खेलको वृतिविकासमा कोशी प्रदेशले सघाउछ:- सामाजिक विकास मन्त्री कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १८ गते


Advertisement

काठमाडौं, फागुन १८- कोशी प्रदेशको राजधानी विराटनगरमा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता आज बाट सुरु भएको छ  ।

नेपाल डोरी तान संघको आयोजना र नेपाल डोरी तान संघ कोशी प्रदेश समितिको व्यवस्थापनमा महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबार बाट दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश, सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले डोरी तान खेलको वृति विकासमा कोशी प्रदेश, सामाजिक विकाश मन्त्रालयले सघाउने प्रतिवद्धता व्यक्त गरका छन् ।

दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै मन्त्री कार्कीले  डोरी तान प्रतियोगिता कोशी प्रदेशमा गर्दा प्रदेशको खेल क्षेत्रमा नया आयाम थपिएको बताएका छन् ।

उनले डोरी तान खेल अत्यन्तै अनुसासित खेल भएको र यो खेलको वृति विकासमा सबैले लाग्नु पर्ने बताए ।

प्रतियोगितामा ५ प्रदेशसहित ३ विभागीयले सहभागिता जनाएका छन् । आयोजक कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रतियोगितामा सामेल भएका छन् भने नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

यो खेलमा एक टिममा ८ जना खेलाडी र बैकल्पिक खेलाडी, कोच र मेनेजर १–१ जना हुनुपर्ने व्यवस्था छ । खेल्ने ८ खेलाडीको सामूहिक तौल ६ सय किलो ग्राम हुन्छ ।

नेपालको पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको खेललाई प्रवर्धन र विकास गर्नु यस प्रतियोगिताको मूल उद्देश्य रहेको आयोजकले बताएको छ ।

’प्रतियोगिताबाट खेलप्रति लगाव भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराई मनोबल बढाउने लक्ष्य राखिएको छ । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

डोरी तान प्रतियोगिता शनिवारसम्म संचालन हुने छ ।


प्रतिकृया दिनुहोस्