Hamro Sanchar

विराटनगरमा राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १८ गते


Advertisement

काठमाडौं, फागुन १८- कोशी प्रदेशको विराटनगरमा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु भएको छ ।

आयोजक नेपाल डोरी तान संघको आयोजना र नेपाल डोरी तान संघ  कोशी प्रदेश समितिलेको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगर स्थित महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमलाई  कोशी प्रदेश, सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा ५  प्रदेशसहित ३ विभागीयले सहभागिता रहेको छ ।

एक टिममा ८ जना खेलाडी र बैकल्पिक खेलाडी, कोच र मेनेजर १–१ जना हुनुपर्नेछ । खेल्ने ८ खेलाडीको सामूहिक तौल ६ सय भन्दा धेरै हुन पाइने छैन ।

नेपालको पुरानो खेल भएपनि साथी समयदेखि ओझेलमा परेको खेललाई प्रवर्धन र विकास गर्नु यस प्रतियोगिताको मूल उद्देश्य रहेको छ  ।

’प्रतियोगिताबाट खेलप्रति लगाव भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराई मनोबल बढाउने लक्ष्य राखिएको छ । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

0


प्रतिकृया दिनुहोस्