Hamro Sanchar

डिजेल र पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो लिटरको ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ४ गते


Advertisement

काठमाडौँ, फागुन ४- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७२ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ६० रुपैयाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबार दिउँसो पेट्रोल १.८३ रुपैयाँ र डिजेल १.५६ रुपैयाँ प्रतिलिटर मूल्य बढाएर पठाएपछि निगमले पनि मूल्य समायोजन गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भने समायोजन भएको छैन  । मूल्यवृद्धिपछि तराईमा पेट्रोलमा एक सय ६९ रुपैयाँ ५० पैसा र डिजेल एक सय ५७ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ ।


प्रतिकृया दिनुहोस्