Hamro Sanchar

नेपालकी मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २२ गते


Advertisement

काठमाडौं,माघ २१- नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् ।


प्रतिकृया दिनुहोस्