Hamro Sanchar

एमालेले उद्घाटन गरेको प्रशासनिक भवन कांग्रेसले पुन: उद्घाटन गर्न खोजेपछि..

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, ४ गते


Advertisement

धनगढी, माघ ४- एमालेले उद्घाटन गरेको प्रशासनिक भवन कांग्रेसले पुन: उद्घाटन गर्न खोजेपछि लफडा भएको छ । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद भएको हो । एउटै भवन दुईपटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेपछि विवाद चर्किएको छ ।

एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर वीरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेका छन् ।

प्रशासनिक भवन पुन: उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको एमालेले भने नगरपालिका घेराउ गरेको छ ।


प्रतिकृया दिनुहोस्