काठमाडौं, पुस २९- नेकपा एकीकृत समाजवादीको शंखरापुर नगरस्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शंखरापुर नगरपालिकाको वडा नम्बर ८ मा आयोजित सो कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुषालले प्रशिक्षित गराएका थिए ।
एकीकृत समजवादी शंखरापुर नगर अध्यक्ष श्याम कुमार वाईबाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सो पार्टिका करिव २०० नेता कार्यकर्ताको सहभागीता थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नेपालले अहिलेको गठबन्धन पाँच बर्ष चल्ने बताए । त्यसैगरी सो अवसरमा महासचिव भुषालले नेपालको कम्युनिस्ट आन्दोलन सिध्याउन केपि ओलि लागेको आरोप लगाए ।
शंखरापुरमा निर्णायक राजनितिक शक्तिको रुपमा रहेको एकीकृत समाजवादीले संगठन बिस्तारको काम तीब्रताका साथ गरिरहेको छ ।