Hamro Sanchar

एकीकृत सरकारी कर्मचारी संगठनको सुदुरपश्चिम अध्यक्षमा जनकराज जोशी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २९ गते


Advertisement

काठमाडौं, पुस २९- एकीकृत समाजवादीको भातृ संगठन एकीकृत सरकारी कर्मचारी संगठनको सुदुरपस्चिम प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जनकराज जोशिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

संगठनका सचिव हरिहर गौतमकाअनुसार सुदुरपस्चिम प्रदेशको राजधानी धनगढीमा सम्पन्न उक्त भेलाबाट नयाँ नेतृत्व चयन भएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथिका रुपमा एकीकृत समाजवादीका सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता दिर्घराज सोडारी तथा अतिथिमा संगठनका बरिष्ठ उपाध्यक्ष याम बहादुर खत्री, उपाध्यक्ष दिनेश लम्साल, महासचिव प्रकाश राई तथा सचिव हरिहर गौतम थिए ।

नवनिर्वाचित अध्यक्ष जोशिले सरकारी सेवालाई चुस्त बनाउन र सरकारी कर्मचारीको हकहितका लागि सधै प्रतिबद्ध भएर लाग्ने बताए ।

एकीकृत समाजवादी तथा यसका घटक संगठनले देशभर संगठन बिस्तारको कामलाई तिब्रता साथ अगाडि बढाईरहेका छन् ।


प्रतिकृया दिनुहोस्