काठमाडौं, पुस २४- काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकाले, नगरपालिका क्षेत्रभित्र दर्ता नगरी संचालनमा रहेका कम्पनी तथा फर्म दर्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । यो सुचानालाई अवज्ञा गरे व्यवसाय नै बन्द गरिदिने चेतावनी नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख छ ।
नगरपालिकामा दर्ता नगरी संचालनमा रहेका कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार गर्ने व्यक्ति, फर्म वा कम्पनीहरुले सुचना जारी भएको मितिले ३५ दिन भित्र नगरपालिका वा संबन्धित वडा कार्यालयमा निवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ ।
यो सुचनाको म्याद भित्र निवेदन पेश नगरी संचालन हुने व्यवसायलाई नगरपालिकाको व्यवसाय कर व्यवस्थापन कार्यविधि २०८० को दफा १६ बमोजिम व्यवसाय बन्द गर्ने सम्मको कारवाही गर्ने सुचनामा उल्लेख छ ।