Hamro Sanchar

३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको नगर प्रहरीले गर्‍यो उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २४ गते


ललितपुर, पुस २४- ललितपुरको जावलाखेलमा रहेको एक इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्ती स्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर नगर प्रहरीले सोमबार साँझ सकुशल उद्धार गरेको हो ।

घर धनीले खबर गर्ने बित्तिकै नगर प्रहरीले उनको उद्धार गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । सापकोटालाई बन्जीजम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको उनले बताए । इनारनजिकको रुख काट्ने क्रममा सापकोटा इनारमा खस्न पुगेका थिए । इनारमा रहेको पाइपमा समाएर टाउको पानीमाथि निकालेर बसेको र नगर प्रहरी तत्काल घटनास्थल पुगेकोले उनको जीवितै उद्धार सम्भव भएको हो ।

उद्धार लगत्तै सापकोटालाई पाटन अस्पताल लगिएकोमा खतरामुक्त रहेकोले उनको डिस्चार्ज भइसकेको छ ।


प्रतिकृया दिनुहोस्