Hamro Sanchar

रोजगारदाताले मेनपावर व्यवसायीलाई सिधै पैसा दिए कामदारसंग नलिने, अन्यथा १ लाख ३२ हजार ७५४ रुपैयाँ लिन्छौ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २३ गते


काठमाडौँ, पुस २३- रोजगारदाताबाट Recruitment Agency लाई सिधै पैसा दिए कामदारसंग नलिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज एक पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । तर रोजगारदाताबाट Recruitment Agency लाई सिधै पैसा नदिए बैदेशिक रोजगारमा जान चाहने व्यक्तिबाट प्रति व्यक्ति १ लाख ३२ हजार ७५४ रुपैयाँ आफुहरुले लिन पाउनु पर्ने उनीहरुको माग छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन ‘खर्च शीर्षक’ निर्धारण गर्नुपर्ने बताए । कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने उनको भनाइ छ।

उक्त शुल्क निर्धारण गरेर व्यवसायीले सेवा शुल्क र निर्धारित खर्च कामदारले बेहोर्ने व्यवस्था भए मात्र लागत खर्च पारदर्शी हुने उनको भनाइ छ । कामदारको उक्त रकम कुनै वित्तीय संस्था तथा कोषसँग सम्झौता गरेर ती वित्तीय संस्थाले बेहोर्ने गरी व्यवस्था मिलाइनु पर्ने अध्यक्ष भण्डारीले बताए ।

उक्त रकम कामदारले वैदेशिक रोजगारमा गएर आर्जन गरेर तिर्ने व्यवस्था मिलाउनुपर्ने संघकाे माग छ।


प्रतिकृया दिनुहोस्