Hamro Sanchar

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २१ गते


चितवन, पुस २१- भरतपुर महानगरपालिका–२३ मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गैंडाले आक्रमण गर्दा घैलाघारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

घैलाघारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो । घटनाको थप विवरण आउँदै छ ।


प्रतिकृया दिनुहोस्