Hamro Sanchar

मन्त्री ज्वाला र राज्यमन्त्री चपाईको प्रयासमा विभिन्न राजमार्गमा १५ अर्ब बराबरको श्रोत सुनिश्चितता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १९ गते


काठमाडौं, पुस १९- भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको लामो प्रयासपछि पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गका विभिन्न सडक खण्ड निर्माणका लागि अर्थ मन्त्रालयले करिव १५ अर्ब बराबरको श्रोत सुनिश्चितता प्रदान गरेको छ ।

अर्थ मन्त्रालयले पुस्पलाल मध्यपहाडी राजमार्गको खुर्कोट-राकाथुम सडक, राकाथुम-दोलालघाट सडक-रामेछाप, कटुन्जे जलजले खहरे बजार, सल्यानटार-आरुघाट बजार र मालढुङ्गा बाग्लुङ बजार सडक खण्डको निर्माणका लागि करिव ६ अर्ब १५ करोड बजेट बिनियोजन गरेको हो । त्यसैगरी मदन भण्डारी राजमार्गका विभिन्न सडक खण्ड निर्माणका लागि ७ अर्ब १० करोड बराबरको श्रोत सुनिश्चितता प्रदान गरेको हो।मदन भण्डारी राजमार्गको लिवाङ-माडिचौर-घर्तिगाँउ-पातिहाल्ने-नागचौर सडकका लागि ४अर्ब ५० करोड र कर्णाली चेनेज सुर्खेतको बडीचौर-गुटु खण्डका लागि २ अर्ब ५० करोड बजेट बिनियोजन गरेको हो ।

भौतिक पूर्वाधार मन्त्रालयले यी सडक योजनालाई आर्थिक बर्ष २०८०/८१का लागि रातो किताबमा समावेश गरि बजेट बिनियोजन गरेता पनि ठेक्का प्रक्रियाका लागि श्रोत सुनिश्चितता पाएको थिएन । अर्थ मन्त्रालयले श्रोत सुनिस्चितता गरेसंगै पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गका अब यी सडक योजनका बिभिन्न सडक खण्डको ठेक्का प्रक्रिया शुरु भई निर्माण कार्यले गति लिने छन् ।

भौतिक पूर्वाधार मन्त्री ज्वाला र राज्यमन्त्री चपाईले पुष्पलाल राजमार्ग र मदन भण्डारी राजमार्गका विभिन्न सडक खण्ड निर्माणका सवालमा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि,विभिन्न राजनितिक दलका प्रतिनिधि तथा निर्माण ब्यवसायीसँग मन्त्रालयमा विभिन्न समयमा छलफलको गरेका थिए । साथै यी सडक अयोजनाका अन्य बाँकी सडक खण्ड निर्माणका लागि भौतिक पूर्वाधार तथा यातयात मन्त्री ज्वाला र राज्यमन्त्री चपाई निरन्तर लागिरहेका छन् ।


प्रतिकृया दिनुहोस्