Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शैलुङ डाँडामा कविता यात्रा सम्पन्न, कालापानीमा ‘स्रष्टा घर’ बन्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ७ गते


दोलखा, पुस ७- दोलखाको शैलुङमा आयोजना गरिएको शैलुङ सांस्कृतिक पर्यटनका लागि कविता यात्रा सम्पन्न भएको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा कविता यात्रा सम्पन्न भएको हो ।

यही पुस ४ देखि ६ गतेसम्म भएको ‘कविता यात्रा’मा सहभागी सर्जकहरुले शैलुङको डाँडामा कविता वाचन गरेका छन् । केहि सर्जकले शैलुङ पुग्दै गर्दा त्यहीँको वातावरणमा रमाउँदै कविता रचना गरेर वाचन समेत गरेका थिए ।

साहित्यिक पत्रकार सङ्घको आयोजना तथा संयोजन एसएस फाउन्डेसन काठमाडौँ–८ शैलुङ र समाजसेवी शोभित उप्रेतीको सहयोगमा आयोजना गरिएको कविता यात्रामा कलाकार तथा साहित्यकारको सहभागिता रहेको थियो ।

यस्तै कालापानीमा ‘शैलुङ स्रष्टा घर’समेत शिलान्यास गरिएको छ । समाजसेवी उप्रेतीले साहित्यकारहरुको सम्मानमा लाखौँ मूल्यको जग्गा भवन बनाउन उपलब्ध गराएका हुन् । उक्त भवन निर्माणपछि साहित्यकारका लागि उत्कृष्ट गन्तव्य हुने र शैलुङको पर्यटन विकासमा स्रष्टा घरबाट मद्दत पुग्ने समाजसेवी उप्रेतीले बताए ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङको यात्रामा निस्केका थिए ।

कविता यात्रामा सहभागी सर्जकहरुमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा. डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुभाष चन्द्र पौडेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण केसी, नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही लगायत रहेका छन् ।

यसैगरी चर्चित गायकहरु नरहरी प्रेमी, रितु कंडेल र बालनृत्य संचारकर्मी हेम थपलिया पनि यात्रामा सहभागी छन् ।

२०३९ सालमा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले २०४० सालबाट कविता यात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो । यसअघि दोलखाकै पर्यटकीय केन्द्र जिरीमा २०४२ सालमा कविता यात्रा आयोजना गरिएको थियो ।


प्रतिकृया दिनुहोस्