Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गोकुल बाँस्कोटा लेख्छन् : प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो, यो घातक संस्कार हुर्कन नदिऊँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २१ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले महाधिवेशन प्रतिनिधि चयनमा पाखुरा सुर्किएको सुनिएको भन्दै यो घातक संस्कार हुर्कन दिन नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् धारणा राख्दै उनले प्रायः सबै महाधिवेशनमा पार्टीको नीति, विधि, विचारकै बहस भएको पनि स्मरण गराएका छन्।

‘चौथोमा विषेश कार्यक्रम सफल पार्न भनेर इलाका वाइएलले ९युथ लिग० बदम, मकै शिला खोजेर सहयोग पठाइयो। तर पाँचौंदेखि आजसम्म सातौंबाहेक प्रतिनिधिकै रूपमा सहभागी हुने अवसर पाइयो। प्रायः सबैमा नीति विचारकै बहस चर्किए, अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो। यो घातक संस्कार हुर्कन दिन हुँदैन,’ उनले भनेका छन्।

एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते हुँदैछ। महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ। बन्दसत्र भृकुटीमण्डपमा हुनेछ। महाधिवेशनअन्तर्गत प्रतिनिधि छनोट केही जिल्लामाबाहेक अन्यत्र टुंगिइसकेको छ।

ओखलढुंगा, सल्यान, दाङ, धनकुटा, डोटी, बर्दिया, बाँके लगायत जिल्लामा प्रतिनिधि छनोट विवादित बनेको छ। ओखलढुंगा र धनकुटामा प्रतिनिधि चयनको प्रक्रिया पुनः अगाडि बढाउन केन्द्रले निर्देशन दिएको छ ।

 

 


प्रतिकृया दिनुहोस्