Hamro Sanchar

आइसीसीमा जापानबाट निर्वाचित पदाधिकारीलाई एनआरएन नागोयाले गर्यो सम्मान

सुनिल मिजार प्रकाशित : २०८० मंसिर, २६ गते


काठमाडौं, मङ्सिर २६- गैर आवासीय नेपाली संघ (एनआरएनए) नागोया क्षेत्रीय समितिले जापानबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका पदाधिकारीलाई सम्मान गरेको छ । एनआरएन क्षेत्रीय समितिले आइतबार मारुनोउचि स्थित दैलो रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका पदाधिकारीलाई बधाइ तथा आगामी कार्यकालको शुभकामनासहित सम्मान गरेको हो ।

नागोया क्षेत्रिय समितिका संयोजक भेषनाथ गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा तोकाई वाटिका ईन्टरनेशल स्कूलका अध्यक्ष एवम् एनआरएनए जापानका पूर्वमहासचिव डा.सुदिप अधिकारी रहेको नागोया क्षेत्रिय समितिका उपसंयोजक तथा प्रचार प्रसार विभागका संयोजक कुशल पौडेलले जानकारी दिए ।

काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित रोविन शेरचन, सचिव पारसमणि पोख्रेल, कोषाध्यक्ष सुदन थापा, युवा संयोजक सुपेन्द्र घिसिङ, एसिया प्यासेफिक उपाध्यक्ष दिपक केसी, आइसीसी सदस्य विकाश श्रेष्ठ उपस्थित कार्यक्रमा नागोयाका विभिन्न नेपाली संघ–सस्थाका प्रतिनिधि, समाजिक अभियान्ताहरूले बधाई तथा शुभकामना दिएका थिए ।

नागोया क्षेत्रिय समितिका सचिव प्रतिक कार्किले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष योमन देवानले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा डा सरोज कंडेल, हरि श्रेष्ठ, श्याम सितल, कुशल धिताल, एनसीसी जापानका सहकोषाध्यक्ष राम थापा मोहोन खत्री लगायतले शुभकामना तथा बधाई सहित धारणा राखेको सरोज बडालले जानकारी दिए ।

क्षेत्रिय समितिलाई सम्मान कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गर्दै संस्थालाई सॅंस्थागत हिसाबले लैजाने र गैर आवासीय नेपालीहरुको हक हितमा थप सक्रिय भई काम गर्ने नवनिर्वाचित पदाधिकारीले प्रतिवद्धता गरेका थिए ।

संघको (२०२३–२५) को कार्यकालका लागि जापानबाट केन्द्रीय उपाध्यक्षमा रोविन शेरचन, युवा उपाध्यक्षमा रोशन थापा, सचिवमा पारसमणी पोखरेल, कोषाध्यक्षमा सुदन थापा, युवा संयोजकमा सुपेन्द्र घिसिङ, एसिया प्यासेफिक उपसंयोजकमा दिपक कंडेल, एसिया प्यासेफिक उपसंयोजकमा दिपक केसी, महिला संयोजक (एसिया प्यासेफिक) अनिता गुरुङ लामा, श्रेत्रीय युवा संयोजक विकस बस्नेत, श्रेत्रीय युवा उपसंयोजक नारायण खड्का, सदस्यमा राम थापा (अनिल), विजेश थकाली, विकास श्रेष्ठ, विष्णु प्रसाद घिमिरे, छत्र बहादुर दाहाल र बाबुराम खरेल निर्वाचित भएका थिए ।

कार्यक्रमको व्यवस्थापन एनआरएन नागोया क्षेत्रिय समितिका युव संयोजक यमबहादुर पाईजा मगरले गरेका थिए ।


प्रतिकृया दिनुहोस्