Hamro Sanchar

कागेश्वरीको वडा नम्बर ९ मा नि:शुल्क आँखा तथा दन्त शिविर संचालन हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १४ गते


Advertisement

काठमाडौं, मङ्सिर १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ ले नि:शुल्क आँखा तथा दन्त शिविर संचालन गर्ने भएको छ ।

वडा कार्यालयले बुधबार एक सूचना जारी गर्दै सनसिटी आई हेल्थ केयर प्रा.लि. र हेलेना विनायक डेन्टल क्लिनिक प्रा.लि. को सहयोगमा वडा कार्यालय परिसरमा नि:शुल्क आँखा तथा दन्त शिविर संचालन हुने जानकारी गराएको हो ।

शिविरिमा आँखा तथा दाँत रोग सम्बन्धि विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गरिने बताइएको छ । उक्त शिविरबाट छनौट भएका मोतिबिन्दुका बिरामीहरुलाई सनसिटी आई हेल्थ केयर सेन्टरमा निशुल्क शल्यक्रिया गर्नुका साथै आँखा सम्बन्धि सम्पूर्ण जाँच गरिने वडाअध्यक्ष अनिल थापाले हाम्रोसंचारलाई जानकारी दिए । साथै उनले सम्पूर्ण वडाबासीलाई आँखा तथा दन्त शिविरमा सहभागी भएर जाँच गराउन पनि अनुरोध गरेका छन् ।

शिविर मङ्सिर १६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्