आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाढीमा परी शिक्षकको मृत्यु, छजना घाइते

रासस प्रकाशित : २०८१ असार, १० गते


Advertisement
सुर्खेत, असार ९- भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका-१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।
शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका-९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए ।
बाढीमा परी कुशे-४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे-१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्