Skip

Hamro Sanchar

गायिका मधुको पिडा : पेटको बच्चालाई सास दिएर बाँचेकी छु, कति बेला के हुन्छ थाहा छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ६ गते


काठमाडौं, असार ५- गायिका मधु क्षेत्री यतिखेर चर्चामा छिन्। आफ्नो वैवाहिक सम्बन्धमा उत्पन्न भएको समस्या र परिवारबाट पाएको तनावबारे सामाजिक सञ्जालमा खुलासा गरेपछि उनका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

यसैबीच, मधुले बुधबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफू शारीरिक तथा मानसिक रूपमा गलेको उल्लेख गरेकी छिन्। साथै, कसैसँग बोल्न सक्ने अवस्थामा रहेको समेत नरहेको उनको भनाइ छ। ‘कृपया यो बेला म गलेको छु। मेरो शरीर र मानसिक गलाइलाई लिएर, पेटमा भएको बच्चालाई सास दिएर कसरी बाँचेकी छु, यो मलाई मात्र थाहा छ,’ उनले लेखेकी छन्,‘थाहा छैन, कति बेला के हुने हो मेरो जीवनमा र कहाँसम्म सास लिन सक्छु ? म कसैसँग बोल्न सक्ने अवस्थामा छैन।’

‘सोचेझैँ जिन्दगी रैनछ’ गीतबाट चर्चामा आएकी गायिका मधु दोस्रो बिहे गरेर अस्ट्रेलिया गएकी हुन्। गर्भावस्थामा आफूमाथि श्रीमानले कुटेको र ससुराले पनि दुर्व्यवहार गरेको मधुको आरोप छ। पहिलो श्रीमान्‌सँग सम्बन्ध विच्छेद भएपछि मधुले दुई वर्षअघि अस्ट्रेलिया बस्दै आएका सुरेश खड्कासँग दोस्रो बिहे गरेकी थिइन्। सुरेशको पनि यो दोस्रो विवाह हो।


प्रतिकृया दिनुहोस्