Hamro Sanchar

एकीकृत समाजवादी निकट युवा संघको महाधिवेशन असोजमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


Advertisement

काठमाडौं, जेठ २६- एकीकृत समाजवादी निकट युवा संघ नेपालले आगामी असोजमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलको अध्यक्षतामा आज काठमाडौंको बबहरमलस्थित कार्की बैकेटमा आयोजित कार्यकर्ता भेलाबाट सो घोषणा गरिएको हो ।

सो कार्यक्रममा मन्तब्य राख्दै युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले युवा संघ नेपाल हरेक राजनितिक आन्दोलनको मोर्चामा सदैब अगाडि रहेको र आगामी दिनमा समेत क्रीयाशिल रहने बताए । सो कार्यक्रममा युवा संघ सचिव, उपमहासचिवलगायत पदाधिकारी तथा सातै प्रदेशबाट उल्लेख्य संख्यामा नेता कार्याकर्ताको उपस्थिती थियो ।


प्रतिकृया दिनुहोस्