Hamro Sanchar

मेलुङ-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा सन्तोष आचार्य, यस्तो छ नयाँ कार्य समति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १० गते


Advertisement

काठमाडौं, असार ९- नेकपा एमाले निकट दोलखा मेलुङ-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । शनिबार सम्पन्न एमाले मेलुङ गाउँपालिका तथा वडा सम्पर्क मन्चको तेश्रो सम्मेलनले मेलुङ गाउँपालिका-१ पवटी निवासी आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व संचारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले मन्चको उपाध्यक्षमा नोवेल कार्की,  दुर्गा तामाङ, सचिवमा निकेश ‌श्रेष्ठ, उप सचिव- कुमार खड्का र सविता श्रेष्ठ, कोषाध्यक्ष गणेश थापा मगरलगाएत २१ सदस्यीय समिति गठन भएको नवनिर्वाचित आचार्यले हाम्रोसंचारलाई जानकारी दिए ।

त्यसैगरी वडा मन्चको १ नम्बर अध्यक्षमा अबिनाश बस्नेत, उपाध्यक्ष सुजन बसेल, सचिव- किश्वर बिमलीलगायत १६ सदस्यीय, वडा नम्बर- २ अध्यक्ष- बिष्णु अछामी, उपाध्यक्ष रमेश भण्डारी,  सचिव- शहदेव दर्नाल लगायत ९ सदस्यीय, वडा नम्बर- ३ अध्यक्ष- दावा लामा, उपाध्यक्ष- नविन भुजेल, सचिव- सुनसाङ घिसिङलगायत ९ सदस्यीय, वडा नम्बर ४ अध्यक्ष – जयराम श्रेष्ठ, उपाध्यक्ष-लाल बहादुर श्रेष्ठ, सचिव- बाबुराम बिकलगायत १३ सदस्यीय, वडा नम्बर- ५ अध्यक्ष- निकेश खड्का, उपाध्यक्ष राजकुमार घतानी, सचिव- गेाविन्द भण्डारीलगायत १५ सदस्यीय, वडा नम्बर- ६ अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष -सिता श्रेष्ठ, सचिव- मनोज श्रेष्ठलगायत १२ सदस्यीय, वडा नम्बर-७ अध्यक्ष मोहन श्रेष्ठ, उपाध्यक्ष-दिपेन्द्र खड्का, सचिव- महेन्द्र खड्कालगायत ११ सदस्यीय समिति गठन भएको छ ।


प्रतिकृया दिनुहोस्