Skip
आज : २०८२ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेलुङ गाउँपालिकामा अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता हुँदै 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ११ गते


दोलखा, मङ्सिर ११- मेलुङ गाउँपालिकामा अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता मङ्सिर २८ गतेदेखि सुरु हुने भएको छ ।

सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी मङ्सिर २८ गतेदेखि ३० गतेसम्म पालिकामा अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हिरा थोकरले हाम्रोसंचारलाई जानकारी दिए ।

प्रतियोगितामा महिला र पुरुष भलिबल खेल, छेलो, जैवलिन थ्रो, ८ सय मिटरसम्मको रिले दौड, हाइ जम्प, लंग जम्पलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा पालिकाका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहने छ ।

प्रतियोगिता त्रिभुवन माबि मेलुङमा हुनेछ ।

३० गतेसम्म हुने खेल स्वस्थता कायम राख्ने र अनुशासन सिकाउने माध्यम भएको गाउँपालिका अध्यक्ष थोकरले बताए । ‘खेल क्षेत्र मनोरञ्जनको क्षेत्र मात्र नभएर मान्छेको सिर्जनशिल क्षमतालाई पनि विकास गर्ने, अनि मान्छेलाई अनुशासनमा राख्न फाइदा पुग्ने भएकाले विद्यालय तहबाटै यसतर्फको आकर्षण बढाउनुपर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको हौँ ।’ उनले हाम्रोसंचारसँग भने ।

पालिकाले यसघि पनि यस किसिमको प्रतियोगिता गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस्