
भरतपुर, मंसिर ६- चितवनको भरतपुरमा बोराभित्र पोको पारेको अवस्थामा दुइटा शव फेला परेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र एक महिला र एक पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार बुधबार दिउँसो अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको हो ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ ।
शवको सनाखत हुन बाँकी छ ।