काठमाडौँ, मङ्सिर ६- अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरुलाई राज्यले नछोड्ने बताएका छन् ।
मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरुसँगको छलफलपछि उनले यस्तो बताएका हुन् ।
मन्त्री महतले ऋण लिएर ऋण नतिर्नेहरुको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकाहरुलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।
मन्त्री महतले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको पिर मर्कामा सरकार प्रतिबद्ध रहेको बताए ।