आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ४ गते


Advertisement

काठमाडौं, मङ्सिर ४- सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले टिकटक माथि लगाएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ ।


प्रतिकृया दिनुहोस्