
बर्दिया, कात्तिक ३०- बर्दियामा ८ जनालाई पक्राउ परेका छन् । लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।
बर्दियाका एसपी सुधिरराज शाहीका अनुसार अझै उक्त घटनामा संलग्न ३ जना फरार रहेका छन् र उनीहरूको खोजी भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेकोले पक्राउ पर्नेहरूको नाम प्रहरीले गोप्य राखेको छ ।