
काठमाडौं, कात्तिक १३- तनहुँको भानु नगरपालिका-४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङको अरिंगाल टोकाईबाट मृत्यु भएको छ । भने ३२ वर्षीय राजकुमार तामाङ बिरामी परेका छन् ।
आइतबार तनहुँ भानु नगरपालिका-७ रम्गाटारस्थित जंगलमा अरिंगाल पोल्नेक्रममा अरिंगालले टोकेर दुई जना बिरामी भएका थिए । उपचारको क्रममा चितवन मेडिकल कलेज (सिएमसी)मा सोमबार बिहान सवा ४ बजे राजकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिरामी धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको छ ।


















