Skip

Hamro Sanchar

भारत भ्रमणमा जाँदै डा.बाबुराम भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ६ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् ।

जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

भारत बसाइको क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा लेखिए अनुसार भट्टराईले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँदिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन् ।

उनी पुस ९ गते नेपाल फर्किने तालिका छ । डा.भट्टराईको यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक सम्वादलाई थप सुदृढ बनाउने स्वकीय सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।

 


प्रतिकृया दिनुहोस्