Skip

Hamro Sanchar

पिकनिक खाएर फर्किएको बस दुर्घटना : एक जनाको मृत्यु, ११ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १२ गते


चितवन, कात्तिक १२- चितवनको जलविरेमा पिकनिक खाएर वीरगंजतर्फ गइरहेको बस सिमरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा ना ७ ख ४७४९ नम्बरको बस शनिवार राती करिब १२ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेको नाम ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइतेहरूको भने हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलिनसकेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्