Skip

Hamro Sanchar

जाँड-रक्सी खाएर झगडा गर्दा १ जनाकाे मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, ११ गते


साेलुखुम्बु, कात्तिक ११– सोलुखुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङमा जाँड–रक्सी खाएर झगडा गर्दा एक जनाको ज्यान गएकाे छ । ज्यान जानेमा महाकुलुङ–२ कै ५० वर्षीय सितलबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रवार राति ८ बजेतिर स्थानीय समित कुलुङको घरमा सितल, समित र धिरनबहादुर राई जाँड–रक्सी खाँदै बसिरहेका थिए । त्यही क्रममा विवाद भई कुटपिट हुँदा सितलबहादुरको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतकको घाँटीमा चोट देखिएको र अन्य दुई जनाकाे टाउकाे तथा हातमा रगत लागेकाे देखिएको वडाध्यक्ष प्रदीप राईले जानकारी दिए ।

समित र धिरनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्