Hamro Sanchar

कलाकार प्रकाश घिमिरे भिरबाट लडेर घाइते, थप उपचारका लागि काठमाडौं ल्याउने तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १० गते


Advertisement

काठमाडौं, कात्तिक १०- अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

घिमिरेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।

गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए ।

घिमिरेले अभिनय गरेको चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ अहिले देशभरका हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रमा उनी मितबाको भूमिकामा छन् ।


प्रतिकृया दिनुहोस्