Hamro Sanchar

पिङबाट लडेर एक महिलाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, ७ गते


गोरखा, कात्तिक ७- गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शेखर खड्काले बताए ।


प्रतिकृया दिनुहोस्