Hamro Sanchar

असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १९ गते


काठमाडौं, असोज १९- यातायात व्यवसायीहरुले दशैंमा घर जान चाहनेहरुका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने भएका छन् ।

दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको हो । आज व्यवसायी र सरकारका प्रतिनिधिबीच भएको बैठकपछि यस्तो सहमति भएको जनाइएको छ ।

बैठकमा सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो । अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको व्यवसायीहरुले बताएका छन् ।

थप यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउने सन्दर्भमा पुनः सरोकारवाला निकायहरुसँग बैठक बस्न लागेको भनाई यातायात व्यवसायीहरुको रहेको छ ।


प्रतिकृया दिनुहोस्