Hamro Sanchar

प्रवासी नेपाली एकता मञ्च कुवेतको अध्यक्षमा पुनः युवराज गैरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १३ गते


काठमाडौं, असोज १३- नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको अध्यक्षमा पुनः युवराज गैरे चयन भएका छन् । मञ्चको शुक्रबार सम्पन्न ३औं राष्ट्रिय अधिबेशनले अध्यक्षमा गैरेसहित ३३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

यस्तै मञ्चको प्रथम उपाध्यक्षमा देवसम्सेर घिसिङ चयन भएका छन् भने उपाध्यक्षमा टीका पौडेल, बिना सापकोटा, धनेस्वर यादब, असोक शाह, महासचिवमा इन्द्रदेव शर्मा, उपमहासचिवमा उमलाल भण्डारी, सचिवमा वसन्त पोखरेल, रेनुका पुरी, उप-सचिव नसिब राउत कवारी र पुर्ण लम्साल र कोषाध्यक्षमा तनबिर आलम मिकरानी चयन भएका छन् । यस्तै सदस्यहरुमा एम डि अब्जल, खिम बिक, मोहम्मद अख्तर, प्रदिप परियार, नागेन्द्र महत्तो, कमला थामी, लक्ष्मी तामाङ, धन बि सि, शिव भण्डारी, महेस भुसाल, चन्दन दास, नारायण बन्जादे, अरुण चौधरी, सुशील चौधरी, भिम बहादुर खत्री, राजकुमार परियार र केशव बहादुर सारु चयन भएका छन् ।

मञ्चले केन्द्रीय परिषद सदस्य तथा मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजालको प्रमुख आतिथ्य र प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय समिटि सदस्य मोहमद मुक्तदाको बिशेष आतिथ्यमा त्यहाँको जिलिबस्थित रिदम हलमा अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनमा कुवेतस्थित नेपाली राजदुतावासबाट कुनै प्रतिनिधिको उपस्थिति नरहेको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि लगायतले आफुहरुको कार्यक्रममा राजदुतावासको उपस्थिति नरहेको भन्दै दु:ख पोखेका थिए ।

यो पनि पढ्नुहोस्- प्रवासी नेपाली एकता मञ्च कुवेतको राष्ट्रिय महाधिवेशन असोज १२ मा, यी दुइ केन्द्रिय नेता हुनेछन् सहभागी


प्रतिकृया दिनुहोस्