Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ईपीएस भाषा परीक्षा आजदेखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १ गते


Advertisement

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ।

पहिलो चरणमा सोमबार उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुन लागेको हो।

उत्पादन क्षेत्रमा ६७ हजार जनाले भाषा परीक्षाको लागि आवेदन दिएका ईपीएस शाखाले जनाएको छ।

सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जानको लागि एकलाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन्।

दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने बताइएको छ। कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन्।

दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आएका थिए।

वैदेशिक रोजगार विभागको ईपीएस शाखाले आजदेखि सुरु भएको भाषा परीक्षा दुई महिनाभित्र सक्ने जनाएको छ।


प्रतिकृया दिनुहोस्