काठमाडौं, भदौ २४- नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको राष्ट्रिय महाधिवेशन आउँदो असोज १२ मा हुने भएको छ । केहिदिन अघि बसेको मञ्चको बैठकले असोज १२ मा ३औं राष्ट्रिय अधिबेशन गर्ने निर्णय गरेको अध्यक्ष युवराज गैरेले हाम्रोसंचारलाई जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न मञ्चले पार्टीका केन्द्रिय २ नेतालाई बोलाउने तयारीसमेत गरेको छ ।
मञ्चले एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद साहको प्रमुख आतिथ्य र केन्द्रीय परिषद सदस्य तथा मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजालको विशेष आतिथ्यमा महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको हो ।
महाधिवेशनको पुर्वसन्ध्यामा मञ्चले नेकपा एकीकृत समाजवादी प्रती आस्था राख्ने, शुभेच्छुक, कुवेतमा कार्यरत सर्वहारा श्रमजीवी नेपालीहरुलाई महाअधिबेशनको तयारीमा जुट्न र गोलबन्द हुन अनुरोधसमेत गरेको छ ।