
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।
मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।
अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै् निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ।
स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ । सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको उनले बताए ।


















